माधव नेपाललाई भेटेर सुवास नेम्वाङले मागे राष्ट्रपतिमा भोट
अखबार टुडे
प्रकाशित:
२०७९, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसहितका नेताहरूले एकीकृत समाजवादी पार्टीसँग राष्ट्रपतिका लागि मत मागेको छ ।

बिहीबार आलोकनगरस्थित पार्टी कार्यालय पुगेर नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमालेबाट राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरूले मत मागेका हुन् ।

अध्यक्ष नेपाललाई भेट्न राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एसको पार्टी कार्यालयमा पुगेका थिए । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा पत्र पठाएर राष्ट्रपतिमा नेम्वाङलाई मत हाल्न नेकपा एसलाई आग्रह गरेका थिए ।

राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ चुनावी मैदानमा छन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ ।

प्रतिक्रिया