राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक अल्बर्टो नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, १७ फाल्गुन

काठाडौं, १७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ ।

बसेको एन्फाको केन्द्रीय समितिको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

अल्बर्टो एनेस इटालियन व्यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन् । उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक छन् । उनले भारतको गोकुलम केरलाको प्रशिक्षक हुँदा लगातार दुई सिजन आइलिग उपाधि जितेका सिन थिए ।

आफ्नो कोचिङ करियर इटालीमा सुरु गरेका उनी लाटभिया, घाना, प्लेस्टाइन, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतका टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ । सन् २०१० मा आफ्नो व्यवसायिक कोचिङ करिअर सुरु गरेका थिए ।

साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिताअघि अल्बर्टोलाई प्रशिक्षक नियुक्त गरिएको हो । प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया