काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न यूएई प्रस्थान गरेका छन् ।
सन्दीप यूएई उडिसकेको उनका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए । सन्दीपसँग एक जना क्यानका सदस्य पनि गएका छन् । भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ ।
यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले सन्दीप आजै युएई गएका हुन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ ।
हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा लामिछाने टोलीमा सामेल हुने बताइएको छ ।
