रास्वपाले आफ्नो चुनाव चिह्न घन्टीमा रहेको गोलाकार हटायो
प्रकाशित:
२०७९, १७ फाल्गुन
काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव चिह्न फेरेको छ । फेरिएको चुनाव चिह्नमा गोलो घेरा हटाएर घण्टीमात्रै राखिने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले चुनाव चिह्न फेरिएको पुष्टि गर्दै भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’ यसअघि रास्वपाले चुनाव चिह्न गोलाकारभित्र घण्टी राखेको थियो ।
निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार