संसदमा कांग्रेस र एमाले दुबैले प्रमुख प्रतिपक्षी दल भएको दाबी गरेपछि…
प्रकाशित:
२०७९, १७ फाल्गुन
काठमाडौं, १७ फागुन । आज(बुधबार) दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुबैले आफूलाई प्रमुख प्रतिपक्षको दलको दाबी गरेपछि आजको बैठक स्थगित भएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ भने नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ ।
गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ ।
सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आजको बैठक स्थगित भएपछि अब अर्को बैठक चैत ५ गते बस्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार