मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप
अखबार टुडे
प्रकाशित:
२०७९, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । मोरक्को तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेण्डर अच्रफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

हाकिमीलाई लागेको आरोपबारे पेरिसको पश्चिमी उपनगरमा रहेको नान्टेरेमा मुद्दा ह्यान्डल गर्ने सार्वजनिक अभियोजकको कार्यालयले प्रारम्भिक अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ ।

एक २४ वर्षीया महिलाले पेरिस सेन्ट जर्मेनका फुल ब्याकले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बताइएको छ ।

स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा प्रमुख खेलाडी थिए । मोरक्को विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको थियो ।

त्यही प्रदर्शनले उनलाई सोमबार साँझ पेरिसमा आयोजित उत्कृष्ट फिफा फुटबल अवार्ड समारोहमा उनी वर्षको उत्कृष्ट टोली फिफप्रो पुरुष विश्व टोलीमा समावेश भएका थिए । २४ वर्षीया हाकिमी पीएसजीका साथी किलियन एमबाप्पे र लियोनल मेसीसँगै अवार्ड लिन स्टेजमा उभिएका थिए ।

हाकिमी र पीएसजीले दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका लयरले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया