राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि, कसलाई लागू हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ फाल्गुन

काठमाडौं, १६ फागुन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागु हुने भएको छ । आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी ‘निर्वाचन आचारसंहिता–२०७९’ लागू गर्ने भएको हो ।

उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।

स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आचारसंहिता कसलाई लाग्छ ?

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।
(ग) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी ।
(घ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।
(ङ) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी ।
(च) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन ।
(छ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि ।
(ज) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि ।
(झ) सार्वजनिक पद धारण गरेको व्यक्ति ।
(ञ) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।
(ट) मतदाता ।

प्रतिक्रिया