नेपाल खबर

सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, पुनः थुनामा राख्नु नपर्ने आदेश

काठमाडौं, १५ फागुन । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले विदेशमा गएर क्रिकेट खेल्न पाउने भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।

दुवै पुनरावेदनको एक साथ सुनुवाइपछि आज फैसला आएको हो । अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः थुनामा राख्न नपर्ने पनि फैसला गरेको छ । तर लामिछाने १५ दिनभित्र स्वदेश फर्किएर अदालतमा हाजिर हुनुपर्ने शर्त राखिएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top