महिला टी-२० विश्व कपको उपाधी अस्ट्रेलियालाई
अखबार टुडे
प्रकाशित:
२०७९, १५ फाल्गुन

काठमाडौं, १५ फागुन (एजेन्सी) । अस्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गएराति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै, चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०/१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २/२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक/एक विकेट लिए ।

प्रतिक्रिया