यू-१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित
अखबार टुडे
प्रकाशित:
२०७९, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको नेपालले तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो ।

यो फराकिलो जितसँगै नेपाले छनोटको सम्भावना बलियो बनाएको छ ।आज (सोमबार) युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ दशमलब १ ओभरमा १ विकेटको गुमाउँदै भेटायो ।

नेपाललाई सानदार जित दिलाउनका लागि ओपनर आकाश त्रिपाठी र उत्तम रञ्जु थापा मगर ९८ रनको साझेदारी गरे । आकाश ६४ र उत्तम ३९ रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४६ दशमलब ३ ओभरमा १ सय २० रन मात्रै बनाएको थियो । हङकङका लागि पार्थ भावत ३६, मोहम्मद अलियान जाहिर २९ र आशना त्रिवेदी ११ रन जोडेका थिए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका हेमन्त धामाीले ३, आकाश चन्द र सुवास भण्डारीले समान २÷२ विकेट लिएका थिए । त्यस्तै दिपेश कँडेलले १ विकेट लिएका थिए ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन् ।

प्रतिक्रिया