नेपाल खबर

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं, १५ फागुन । नेकपा एमालेले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व्को सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको नेता विष्णु पौडेलले जानकारी दिए।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले भने, ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ । तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुग्यौँ ।’

उनले प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकोले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए। ‘हामीलाई स्वेच्छाले सरकार छाड्न लगाउने, नछाडे बिना विभागीय मन्त्री बनाउने तयारी गरियो । सार्वजनिक रूपमा नै सरकारमा हाम्रो सहभागिताबारे टिप्पणी गरेपछि हामी यो सरकारबाट अलग हुने निर्णय गरेका हौँ,’ पौडेलले भने । प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top