प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार
प्रकाशित:
२०७९, १५ फाल्गुन
काठमाडौं, १५ फागुन । बलात्कार मुद्दामा पक्राउ परेका सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आइतबार हतकडीसहित प्रहरी भ्यानबाट फरार भएका छन् ।
धनुषा प्रहरीका अनुसार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा मुखिया कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका हुन् । रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार