नेपाल खबर

माओवादीले जनयुद्धको नाममा ‘हिंसात्मक यात्रा’ गरेको ओलीको आरोप

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले ‘हिंसात्मक यात्रा’ गरेको बताएका छन् ।

आइतबार काठमाडौंमा ‘शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मान’मा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको समेत आरोप लगाए ।

उनले प्रचण्डलाई कसका विरुद्ध किन जनयुद्ध सुरु गर्नुभएको थियो रु भन्दै प्रश्नसमेत गरे । यस बीचमा लोकतन्त्रका लागि एउटा प्रयास गरिएपनि उनी जनताका समस्या समाधान गर्ने भन्दा पनि आफ्नै स्वार्थमा हिँडिरहेको दावी गरे ।

‘पुष्पकमल दाहाल ज्युको बेग्लै छ । बोल्नुहुन्छ बेग्लै भाषा, बेग्लै गर्नुहुन्छ काम’, ओलीले भने, ‘अस्तिका दिन पनि मलाई छक्याउने भाषा बोल्नुभयो, मैले सुनिरहे उहाँको भाषा ।’

प्रचण्ड हातमा चक्कु लिएर बसेको तर भन्नलाई फुल भनेको दावी गर्ने बताउँदै ओलीले भने, ‘मेरो आँखाले धोका खाएको थिएन । प्रचण्ड धोका दिन अप्ठेरो मान्नुहुन्न ।’

प्रचण्डले युद्धका बेलाका आफ्ना साथी र सिपाहीलाई नै धोका दिएकाको बताउँदै अध्यक्ष ओलीले भने, ‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा ?’

ओलीले थपे, ‘हिजो उहाँले भन्नुभो, दुई महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने, मैले राक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । उहाँका गतिविधि ठीकठाक चलुन् । मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top