महिला टी-२० विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७९, १४ फाल्गुन

काठमाडौं, १४ फागुन (एजेन्सी) । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनल आज हुँदै छ । नेपाली समयअनुसार साँझ पौने सात बजे सुरु हुने खेलमा उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँनेछ ।

घरेलु टोली दक्षिण अफ्रिका महिला र पुरुष क्रिकेटको कुनै पनि फरम्याटको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो ।साविक विजेता अस्ट्रेलिया भने सातौँ पटक टी ट्वान्टी विश्वकप फाइनल खेल्दैछ । त्यसमध्ये उसले पाँच उपाधि जितेको छ ।

अस्ट्रेलियाले सेमिफाइनलमा भारतलाई ५ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ६ रनले हराएको थियो । अस्ट्रेलियाकी कप्तान मेग लेनिङले दुवै टिमलाई उत्तिकै दबाब हुने बताएकी छन् । दक्षिण अफ्रिकाकी कप्तान सेने लीले आफ्नो टिम इतिहास रच्न लालायित रहेको प्रतिक्रिया दिइन् ।

जारी प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमने–सामने हुँदैछन् । यसअघि समूह चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया