सरकारले दिने आकस्मिक विदामा वित्तीय संस्था बन्द नहुने
अखबार टुडे
प्रकाशित:
२०७९, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । सरकारले दिने आकस्मिक विदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ । यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।

प्रतिक्रिया