हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारपश्चात् हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बनेका छन् । साथै फैशल एन लालनी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बनेका छन् ।

हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सिभिल बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ०.२ कित्ता सेयर प्राप्त गर्नेछन ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कूल पुँजी ३४ अर्ब रुपैयाँ पुग्दै छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कूल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा १८९ वटा भएको छ ।

प्रतिक्रिया