बौद्धमा खुल्यो अन्तर्राष्ट्रियस्तरको सैलुन
अखबार टुडे
प्रकाशित:
२०७९, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । काठमाडौंमा बौद्धमा अन्तर्राष्ट्रियस्तरको लोटस स्किन एण्ड हेयर क्लिनिक र लोट्स युनिसेक्स सैलुन सञ्चालनमा आएको छ ।

अभिनेत्री दीपाश्री निरौलाले उद्घाटन गरेको उक्त क्लिनिकमा छाला, कपाल, नङका साथै सौन्दर्य विज्ञबाट सेवा लिन सकिने जनाइएको छ ।

उक्त क्लिनिकमा अन्तर्राष्ट्रियस्तरको लेजर प्रविधिबाट उपचारका साथै कपाल प्रत्यारोपण, कस्मेटिक सर्जरी, कम्प्युटर प्रविधिबाट छालाको चाउरीपनको उपचार गरिने सञ्चालिका अनिता बिमलीले बताइन् । उनले डण्डीफोर र चायाँ पोतोको पनि उपचार हुने बताइन् ।

क्लिनिकमा डा. विक्रान्त ढकाल, डा. प्रकाश आचार्य, डा. एल्सा श्रेष्ठका साथै सुशीला श्रेष्ठ, सरस्वती श्रेष्ठ र अनिता खत्रीले कपाल प्रत्यारोपण र छाला रोगका साथै सुन्दरतासम्बन्धी सेवा दिने ब्यवस्था मिलाइएको छ ।

लामो समयदेखिको आफ्नो अनुभवलाई सेवामा परिणत गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको यस क्लिनिकले सुन्दरताको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी छाला र कपालको उपचार गरिने संचालक समितिका अध्यक्ष गुणराज राजभण्डारीले बताए ।

संचालकहरुमा गुणराज राजभण्डारी, होमराज ढकाल, अनिता बिमली, बिशु खाती र सरोज गौतम रहेको छन् । क्लिनिकमा हेयर केयर, हेयर कटिङ, कलरिङ, स्ट्रेटिङ, केराटिन ट्रिटमेन्ट सहित फेसियल, नेल आर्ट, मेनी केयर, पेडी केयर, ब्राइड मेकअप, हेयर स्पालगायतको सेवा उपलब्ध रहेको छ । यस क्लिनिकले एक महिनासम्म २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
क्लिनिकको उद्घाटनलगतै उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन पहिलो सेवा लिएका थिए ।

प्रतिक्रिया