काठमाडौं, ११ फागनु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १ लाई सरकारले जनयुद्ध दिवस मनाएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार जन्मदिनको अवसरमा बालकोटमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले हिंसा दिवसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।
उनले भने, ‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु प¥यो ? भनी प्रश्न समेत गरे । उनले भने, ‘आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्न प¥यो ? त्यो मैले पनि बुझेको छैन ।’
नेपाल हिंसाको पक्षमा नरहेको बताउँदै नेपाली जनतामा परस्परमा लडन्–लडाउने कुरालाई स्वीकार गर्न नसकिने र हिजो, आज र भोलि पनि सम्भव नभएको ओलीले बताए ।