निर्मलले जब ‘पागल’ गाए (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । गायक निर्मल दाहालको नयाँ गीत ‘पागल’ सार्वजनिक भएको छ । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको यस गीतलाई पीगी प्रोडक्शनका प्रमोद परियारले संगीत संयोजन गरेका हुन् ।

यस गीतको भिडियोलाई अमेरिकाका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । गीतको भिडियोमा दि मन्डला डान्स स्टुडियोका कलाकारहरु सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोसलगायतले अभिनय तथा नृत्य गरेका छन् ।

रबिनबिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् भने निर्देशन सुरज श्रेष्ठको रहेको छ ।

यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ जस्ता गीत ल्याइसकेका निर्मल दाहालले यस भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । आफ्नो यो पछिल्लो गीत ‘पागल’बाट दर्शक तथा श्रोताको राम्रो प्रतिपक्रिया आइरहेको निर्मलले बताए ।

प्रतिक्रिया