अवैध रूपमा बसेको पाइएपछि कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने भएको छ । सिजनल भिसामा दक्षिण कोरिया पुगेका ८० प्रतिशत बढी नेपालीहरु अवैध रूपमा उतै बसेको पाइएपछि कोरियाले तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

मौसमी श्रमिकका रुपमा त्यहाँ पुगेका ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको पाइए तीन वर्ष प्रतिवन्ध लगाउने त्यहाँको नीति छ । सोहि नीतिअनुसार त्यहाँको अध्यागमन विभागले नेपालसँग तत्काल कुनै सम्झौता गर्न नसकिने त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।

प्रतिक्रिया