‘काठमाडौं भ्यु टावर’ निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागुन । काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो । चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

ठूलो रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिले उनीमाथि उजुरी दिएका थिए । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए ।

भेटवालले पछिल्लो समय काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर निर्माण गरिरहेका छन् । भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया