निफको सल्लाहकारमा नम्रता श्रेष्ठ मनोनीत
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागनु । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएकी छन् । सल्लाहकारमा श्रेष्ठलाई मनोनयन गरिएको निफका अध्यक्ष केपी श्रेष्ठले जानकारी दिए ।

यही चैत २ देखि ६ गतेसम्म छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुँदैछ । यस वर्ष निफमा छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट ७ विधामा १४ वटा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

निफमा एक दर्जनजति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिरया) समेत आयोजना गरिनेछ । ती सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने पाठकले जानकारी दिएका छन् ।

निफको प्रमुख सल्लाहकारमा भने अभिनेता तथा निर्देशक निर शाह छन् भने अभिनेता सुनील थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकार छन् ।

प्रतिक्रिया