चिनियाँ राजदूत सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । राजदूत सोङले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रण्डलाई भेटेको सोङले अबको राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेको बताइउको छ । जवाफमा प्रचण्डले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन् ।

यसअघि राजदूत सोङले बालकोट पुगेर ओलीसँग संवाद गरेका थिए । त्यतिबेला पनि राजदूत सोङको चासो राष्ट्रपति चुनावसँग रहेको बताइएको थियो ।

उक्त चासोका क्रममा सकेसम्म कम्युनिस्ट पृष्ठभूमिको नेतालाई राष्ट्रपति निर्वाचित गराउन सुझाएका थिए । जवाफमा ओलीले आफूले सहमति अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाएको तर प्रचण्ड अहिले सहमति उल्लंघन गर्न लागेको र उनलाई नै भन्नुपर्ने बताएका थिए ।

चीनले नेपालमा राष्ट्रपति गैरकम्युनिस्ट र गैरदलीय नहोस् भन्ने संकेत दिइरहेको छ । राजदूत सोङले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि राजनीतिक भेटघाट गरिसकेका छन् ।

प्रतिक्रिया