चर्चित गायक सोनू निगममाथि मुम्बई कन्सर्टमा आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

काठमाडौं, ९ फागुन (एजेन्सी) । भारतीय चर्चित गायक सोनू निगममाथि आक्रमण भएको छ । सोमबार राति मुम्बईको चेम्बुर क्षेत्रमा लाइभ कन्सर्ट गरिरहेका सोनूमाथि आक्रमण भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार शिवसेना (यूबीटी) को सदस्यहरूले सोनूलाई कुटपिट गरेका छन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आक्रमण भएपछि सोनूले राति नै प्रहरी चौकी पुगेर आरोपितविरुद्ध एफआईआर (उजुरी) दर्ता गरिसकेका छन् । सो झडपमा सोनूका एक सहकर्मी पनि घाइते भएका छन् । उक्त घटना भारतीय समय अनुसार राति करिब ११ बजेको हो ।

केही व्यक्तिहरूले सोनूलाई सेल्फीको लागि अनुरोध गर्दा उनका सहकर्मीहरूले रोक्न खोजेपछि विवाद बढेर झगडा भएको समाचारमा उल्लेख गरिएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया