काराओके ईन्टरटेन्मेन्टले ‘मिस्टर मिस एण्ड मिसेस नेशनल’ प्रतियोगिता गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । ‘हिमाल पहाड तराई, कोही छैन पराई’ भन्ने नारासहित सबै जातजातीलाई समटेर ‘मिस्टर मिस एण्ड मिसेस नेशनल’ नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

आयोजक संस्था काराओके ईन्टरटेन्मेन्टले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आयोजक संस्थाका संस्थापक अध्यक्ष खगेश रन्जितका अनुसार यो प्रतियोगितामा विवाहित र अविवाहित महिला पुरुषले सहभागी जनाउन पाउने छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘युवा सक्षम भएमात्र यो सम्भब हुन्छ । युवालाई सक्षम बनाउन काराओके ईन्टरटेन्मेन्टले बिगतमा झँै ‘मिस्टर मिस एण्ड मिसेस नेशनल–२०२३’ आयोजना गर्ने भएको हो । जसमा पुरुष र बिबाहित महिलाले पनि प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।’ उनले विवाहित महिलामा पनि प्रतिभा र इच्छा भएकाले दुवै समूहलाई समेटेर कार्यक्रम गर्ने हिम्मत गरेको बताए ।

काराओकेले विवाहित र अविवाहितलाई समेटेर कार्यक्रम गर्न लागेकामा आफ्नो पनि साथ रहेको संस्थाका प्रमुख सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वएसएसपी दीपक रन्जितले बताए । उनले भने, ‘म पनि राष्ट्र निर्माणमा लागेको ब्यक्ति हुँ, त्यसैले यस्ता कार्यक्रमको मेरो सदैप साथ रहने छ ।’

यस प्रतियोगिताको पूर्वकुमारी तथा संगीतकर्मी एवं मिस नेशनल समिता बज्राचार्यको कोरियोग्राफी गर्ने भएकी छन् । उनले कार्यक्रमलाई चुस्त र दुरुस्त एवं धाँडलीरहित बनाउन नयाँ उपकरण ‘डिजिसफ्ट डेभलोपर्स’लाई आईटी पार्टनरका रुपमा लिएको समेत जानकारी दिइन् ।

यस्तै, राष्ट्र निर्माणमा केही गरौँ भन्ने हेतुले युवालाई मदत पुर्याउन पाउँदा खुसी लागेको डिजिसफ्ट डेभलोपर्सका म्यानेजर अश्मिता महर्जनले बताइन् ।

प्रतिक्रिया