नेपाल खबर

९ हजार २ सयसम्म दक्षिणा दिएर पशुपति आएका साधुहरूको बिदाइ

काठमाडौं, ८ फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।

सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरूलाई ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २ सय रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको जानकारी दिए ।

शिवरात्रिका बेला साधुहरूले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणा दिएर साधुसन्तहरूलाई बिदाइ गर्ने प्रचलनअनुसार आज बिदाइ गरिएको उनको भनाइ छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top