गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन
प्रकाशित:
२०७९, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । कर्मचारीलाई तलब समेत दिन नसकेको पाइएपछि हवाई सुरक्षा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले गुणका सबै उडान बन्द गर्न निर्देशन दिएको हो ।
कम्पनीले सेवा सुुविधा समयमै नदिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गर्नुपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बताए ।
सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको हो ।
गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन् । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
