गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, ८ फाल्गुन


काठमाडौं, ८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । कर्मचारीलाई तलब समेत दिन नसकेको पाइएपछि हवाई सुरक्षा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले गुणका सबै उडान बन्द गर्न निर्देशन दिएको हो ।

कम्पनीले सेवा सुुविधा समयमै नदिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गर्नुपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बताए ।

सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको हो ।

गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन् । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया