बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ
प्रकाशित:
२०७९, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई आइतबार पक्राउ गरेको हो ।
उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए । ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको हो । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।
उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन् । सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ । रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार