जजिराले २५ फागुनदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने
प्रकाशित:
२०७९, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।
जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्ने विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए । बिहान ७ः५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः५ मा कुवेतका लागि उड्ने उनले बताए ।
यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिराले झन्डै दुई महिनापछि पुनः उडान सुरू गर्न लागेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
