जजिराले २५ फागुनदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्ने विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए । बिहान ७ः५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः५ मा कुवेतका लागि उड्ने उनले बताए ।

यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिराले झन्डै दुई महिनापछि पुनः उडान सुरू गर्न लागेको हो ।

प्रतिक्रिया