![](https://akhabartoday.com/wp-content/uploads/2023/01/parisdada.jpg)
काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दै छ ।
आजको बैठकमा राट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनितिक घटनाक्रमका बारे छलफल हुने माओवादी केन्द्रका स्थायी समिती सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनाव हुँदै छ । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमतिअनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएपनि पछिल्लो समय माओवादी र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।
पमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार रहने र माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई साथ दिनुपर्ने अभिव्यक्ति दिँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएको कांग्रेसको उक्त अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपटिमा राष्ट्रिय सहमति हुने बताउँदै आएका छन् ।