पाँचौं सम्मान मिस लिम्बू-२०७९ : धरान र काठमाडौं गरी २७ जना छनोट
अखबार टुडे
प्रकाशित:
२०७९, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । ‘मिस लिम्बू’को पाँचौं संस्करणका लागि काठमाडौं अडिसनबाट १३ जना छनोट भएका छन् । आइतबार काठमाडौंको अनामनगरमा भएको अडिसनमा १३ जना छनोट भएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन (वाईवाईए)ले जनाएको हो ।

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ– पाँचथर, साम्माङ थाम्सुहाङ– पाँचथर, एलिना तुम्बापो–बिर्तामोड झापा, ममता आङ्बो–पाँचथर, गंगा सेम्बु लिम्बू– ताप्लेजुङ, निरुता लिम्बू– तेह्रथुम, अस्मिता मादेन– ताप्लेजुङ, जमुना सेम्बु लिम्बू– ताप्लेजुङ र सुस्मा इम्सोङ लिम्बू– तेह्रथुम छनोट भएको कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।

त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएको उनले बताए । उनका अनुसार मुन नाल्बो– सिक्किम, कल्पना लिङ्खिम– ताप्लेजुङ, याङ्चुली खापुङ– तेह्रथुम र सुम्निमा खापुङ– तेह्रथुम डिजिटल अडिसनमार्फत छनोट भएका छन् ।

काठमाडौं अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ निर्णायक रहेका थिए ।

यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी ‘सम्मान मिस लिम्बू–२०७९’मा २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूका अनुसार अघिल्ला संस्करणहरुभन्दा यसपाली भव्य र सभ्यरुपमा मिस लिम्बू आयोजना गर्ने तयारी भइरहेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्डफिनाले आगामी चैत ११ गते शनिबार राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया