‘ड्रेस टु इम्प्रेस-७’मा डिजाइनरहरुको क्वाटवाक (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७९, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पे्रक्षालय फेसनमय बन्यो । जहाँ ११० जना फेसन डिजाइनिङका विद्यार्थीहरु प्रतिस्पर्धा गर्दै थिए । ती ११० जनामध्ये एउटै मञ्चबाट चार जना उत्कृष्ट डिजाइनर घोषित भए ।

प्रशंग फेसन र इन्टेरियर डिजाइनिङको अध्यापन गराउँदै आएको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’को हो । मोडलिङ र फेसनको कम्बिनेशन ‘ड्रेस टु इम्प्रेस’ सिजन सातमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा बेग्लाबेग्लै क्याटगोरीमा चार जनालाई उत्कृष्ट डिजाइनरले उपाधि जितेका हुन् ।

जसअनुसार डिजाइनर प्रतिस्पर्धामा ‘फ्युचरस्टिक’ थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भइन् भने ‘अण्डर द सि’ थिममा रोश्ना टमाटा र ‘ब्ल्याक एण्ड बोल्ड’मा सावित्रादेवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन् ।

यस्तै, ‘वाइल्डलाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्यजन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट डिजाइनर घोषित भएका छन् । चारै जना विजेतालाई नगद पुरस्कार र अवार्ड प्रदान गरिएको छ ।

उक्त प्रतिस्पर्धामा मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं युवा व्यवसायी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, अंकित मैत्य, फेसन डिजाइनर दिलमाया मगर, ग्ल्यामरस फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना निर्णायक रहेका थिए ।

आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । उनले भने, ‘फेसन डिजाइनरलाई मोडलिङबारे जानकारी हुन आवश्यक छ । त्यसैले ड्रेस टु एम्प्रेसमा डिजाइनरहरुलाई मञ्चमा उतार्ने गरेका हौँ ।’ कार्यक्रम मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफी र निर्देशनमा सम्पन्न भएको हो ।

काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटी पछिल्लो समय फेसन डिजाइनर तथा इन्टेरियर डिजाइनर बन्न चाहनेका लगि पहिलो रोजाइ बन्न सफल आईआईएफटीलाई अन्य सहरमा समेत विस्तार गर्ने योजना रहेको प्रबन्धक निर्देशक शर्पाले बताए ।

तस्बिर हरि गोपाल प्रधान

प्रतिक्रिया