कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त
प्रकाशित:
२०७९, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । स्वदेशी तथा विदेशी बैंकहरूको नेतृत्व गरिसकेका गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् ।
यसअघि नेपालमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका गुरुङ पछिल्लो समय म्यानमारस्थित म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
म्यानमारबाट नेपाल फर्के लगतै गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
पत्रकारिता पेशा हुँदै बैंकिङ क्षेत्रमा प्रवेश गरेका गुरुङ गीतकार समेत हुन् । राम्रो बैंकरको छवि बनाएका गुरुङले दर्जनौँ गीतसमेत लेखेका छन् । गुरुङले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सोमबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त