टुँडिखेलमा नेपाली सेना दिवस (तस्बिरहरु)
अखबार टुडे
प्रकाशित:
२०७९, ६ फाल्गुन

काठमाडौं, ६ फागुन । नेपाली सेनाले टुँडिखेलमा सेना दिवस धुमधामका साथ मनाएको छ । नेपाली सेजाले प्रत्येक महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच सेना दिवस मनाउने गरेको छ ।

सेना दिवश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्कीलगायतको उपस्थित रहेको थियो । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको हो । समारोहमा हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।

कार्यक्रममा भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति दिएको थियो । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया