विश्व कप लिग-२ : जब कुशल मल्ल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गरे
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध सानदार पुनरागमन गर्दै नेपालले जितेको छ । स्कटल्यान्डले दिएको २७५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब जवाफी ब्याटिङ गरेको थियो ।

जितको आशा नै समाप्त भइसकेको अवस्थामा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ८५ बलमा १७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

नेपालका लागि दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरे । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।

नेपालका लागि विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट २४ रन जोडे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल १६, ज्ञानेन्द्र मल्ल ४, आसिफ शेख पाँचौ ओभरमा ९ रन बताए । यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए । गुल्शन झाले २८ बल खेलेर १७ रन जोडेका थिए ।

बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३–३ विकेट लिए । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । यसअघि नेपालले त्रिदेशीय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया