क्यालेण्डरमा दुई दिन सार्वजनिक विदा थपियो
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

काठमाडौ, ५ फागुनं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसलाई पनि वार्षिक क्यालेन्डर समेट्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको गरेको हो ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार सन्तुलन मिलाउनका लागि पृथ्वी जयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय गरेको हो । यससँगै यस वर्ष वार्षिक दुईटा बिदा थपिएको छ ।

केही दिअघि मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा निर्णय गरेको थियो । यस्तै, राप्रपाको मागअनुसार पुस २७ गते पृथ्वी जयन्तीका सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया