राष्ट्रपति निर्वाचनमा सघाए प्रचण्डलाई ५ वर्षै प्रधानमन्त्रीमा समर्थन गर्छौं : कांग्रेस प्रवक्ता महत
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ण कार्यकालका लागि प्रधानमन्त्री स्वीकार्ने जनाएको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरे ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्ने बताएका हुन् ।

वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरको र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई मुल विषय बनाएकाले पनि संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भएको उनले बताए ।

संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, ‘संविधान रक्षाको कोणबाट पनि नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु उपयुक्त हुन्छ ।’ यसमा एमाले सहमत नभएकाले संविधान रक्षाधर पार्टीहरु एकठाउँमा हुनुपर्ने उनको जोड छ ।

प्रतिक्रिया