नेपाल खबर

अभिनेत्री करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं, ५ फागुन । युट्युबमा अन्तर्वार्ता दिएर चर्चित बनेका डिल्लीराम खनाल पक्राउ परेका छन् । खनाललाइ प्रहरीको साइबर ब्युरोले काठमाडौंबाट पक्राउ गरेको हो ।

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरबारे विवादीत अन्तर्वार्ता दिएपछि उनीविरुद्ध करिश्माले ब्युरोमा मानहानीको उजुरी दिएकी थिइन् ।

सोही उजुरीको आधारमा खनाल कक्राउ परेका हुन् । खनालले एक युट्युब च्यानलमा मानन्धर अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top