अनेरास्ववियुको अध्यक्षमा समिक बडाल झण्डै तेब्बर मतान्तरले निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बडाल निर्वाचित भएका हुन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार बडालले ९ सय ६२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेले ३ सय ५६ मत पाए ।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलका अनुसार उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन् ।

महासचिवमा नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया