खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दाङमा दुई जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

दाङ, ४ फागुन । दाङमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । ग्यास पड्किँदा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीय कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।

खनाल चितवनको भरतपुर महानगरपालिका–५ घर भइ हाल तुलसीपुर–१६ मा बस्दै आएका थिए । तुलसीपुर–१६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्याँस पड्किँदा केसीको कम्मर मुनीको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको अवस्था छ ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । घाइतेमध्य कुसुमको अवस्था अवस्था गम्भीर छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया