कार्यकाल सकिनुअघिनै विश्व बैंकका प्रमुखद्धारा राजीनामा घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन (एजेन्सी) । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा नहुँदै डेभिडले विश्व बैंकका प्रमुखबाट राजीनामा दिएका हुन् ।

डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन् ।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।’

डेभिड मालपास डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख नियुक्त भएका थिए । उनी ट्रम्पका सल्लाहकार पनि थिए ।

प्रतिक्रिया