ग्यास पड्केर घाइते भएका सांसद चन्द्र भण्डरीको अवस्था जटिल
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । ग्यास पड्केर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डरीको अवस्था जटिल भएको छ । भण्डारीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् ।

काठमाडौं बुद्धनगरस्थित बुधबार राति खाना पकाउने ग्यास पड्किँदा सांसद भण्डारी र उनका आमा हरिकला भण्डारी घाइते भएका थिए । अहिले उनीहरुको कीर्तिपूरस्थित बर्न अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

तर, अस्पतालले विज्ञप्ति जारी गर्दै आमा छोरा दुबै जनाको अवस्था जटिल रहेकाले नेपालमा उपचार सम्भव नभएको भन्दै देशबाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान भनेको छ ।

‘हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ’ अस्पतालले भनेको छ ।

सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया