हास्य कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३ फाल्गुन

विराटनगर, ३ फागुन । हास्य कलाकार पवन खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए ।

बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ । कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

उनीमाथि म्याद थप नगरिएको र आज नै छाड्ने तयारी रहेको डिएसपी कार्कीले बताए । पीडित पक्षका आफन्तहरुसँड मिलापत्र गराएर छाड्ने प्रहरीको तयारी छ । उनले विभिन्न टेलिसिरियलमा काम गर्दै आएका छन् । टेलिसिरियलमा उनी ‘म्याकुरी’ थेगोले उनी चर्चित छन् ।

प्रतिक्रिया