नेपाल खबर

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं, ३ फागुन । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ ।

प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालेको हो ।

यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि छ ।

सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिएको जानकारी पत्रमा भनिएको छ ‘तपाईंले यस कार्यालयमा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top