नेपाल खबर

राष्ट्रपतिमा कांग्रेस ढोक्सा थाप्न तयार छ : प्रदीप पौडेल

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस राष्ट्रपतिमा राम्रोसँग ढोक्सा थाप्न तयार रहेको सांसद प्रदीप पौडेलले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले ‘रबर स्ट्याम्प’ राष्ट्रपतिको प्रतिवादमा उत्रिँदा लाई बनाउन खोजिएको भन्दै कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने राम्रोसँग ढोक्सा थाप्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता प¥यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’

उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए ।

पौडेलले तुलनात्मक रुपमा एमाले भन्दा कांग्रेस लोकतन्त्रवादी रहेको उनको जिकिर गरे । पार्टीको संसदीय दलको नेताको चुनावमा सभापति शेरबहादुर देउवालाई भोट नहालेको तर आफूलाई सुत्रुतापूर्ण व्यवहार नगरेको उनको दाबी छ ।

आफ्नो पार्टीमा रहेको यस्तो लोकतन्त्र एमालेमा नरहेको पौडेलको भनाइ छ । उनले अगाडि भने, ‘म तपार्ई (एमाले अध्यक्ष ओली) लाई सोध्न चाहन्छु । भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’ यी प्रश्नहरु (एमाले पार्टीमा भएका अभ्यासले) ले लोकतन्त्र विकसित गर्ने प्रयासमा गम्भीर स्थिति सिर्जना गरेको पौडेलको भनाइ छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top