लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक ठप्प गर्ने नागरिक उन्मुक्तिको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, ३ फाल्गुन

काठमाडौं, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीले सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले भने, ‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन तबसम्म सदन चल्न सक्दैन । नभए सडक पनि ठप्प हुनेछ ।’

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।

टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।

प्रतिक्रिया