जोमसोमबाट पोखरा आउँदै गरेको बस कालिगण्डकीमा खस्दा २ जना गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ३ फाल्गुन

काठमाडौं, ३ फागुन । मुस्ताङको जोमसोमदेखि पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । १७ जना यात्रु लिएर पोखरा छुटेको ना ७ ख ७४४० नम्बरको यात्रुवाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको धम्पुमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रनाथ पौडेललेका अनुसार बस सडकबाट करिब ५५ मिटर तल कालिगण्डकी नदीमा खसेको छ ।

दुर्घटनामा परेका मध्ये २ जना गम्भीर ११ जना मध्यम र ४ जना सामान्य रहेको उनले जानकारी दिए । बस बुधबार बिहान साढे ८ बजे दुर्घटना भएको उनको भनाइ छ । बसमा २ जना भारतीय पर्यटकसहित १२ पुरुष, ४ जना महिला र १ नाबालक सवार रहेको बतइएको छ ।

प्रतिक्रिया