नेपाल खबर

एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल

पोखरा, ३ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुने बताएका छन् ।

पार्टीको शुभेच्छुक संस्था समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए देश बर्बाद हुन्छ ।’

राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्नेमा उनले जोड दिए । तर राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार नहुने उनले बताए ।

अध्यक्ष नेपालले अहिलेको सरकार खिचडी भएको संज्ञा दिए । ‘यो संविधान मान्दैनौं भन्ने पनि त्यहाँ छन्, परिवर्तन उल्ट्याउँछौं भन्नेहरु छन्,’ उनले भने । तर अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल परिवर्तनको पक्षधर भएको हुँदा खुसी लागेको बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top