‘भ्यालेन्टाइन-डे’को अवसरमा बैंकर रविना र एलेक्जेन्डरले गरे ‘इन्गेजमेन्ट’
प्रकाशित:
२०७९, ३ फाल्गुन

काठमाडौं, ३ फागुन । बैंकर रविना देशराज र उनका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरुले ‘भ्यालेन्टाइन–डे’को अवसरमा पारेर मंगलबार इन्गेजमेन्ट गरेका हुन् ।
रविनालाई स्टुअर्टले विवाहका लागि प्रस्ताव राखेको बताइन्छ । सो प्रस्तावलाई रविनाले स्वीकार गरेकी हुन् । रविनाले इन्गेजमेन्टबारे आफ्नो इन्टाग्राम अकाउन्ट तस्बिर शेयर गर्दै जानकारी दिएकी छन् ।
उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’ रविनाले केही समयअघि मात्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’