ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलित, बालाजु क्षेत्र तनावग्रस्त
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फागुन । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको छ । ट्राफिक नियमविरुद्ध यातायात तथा मजदुर व्यवसायी आन्दोलित बनेपछि तनावग्रस्त बनेको हो ।
यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत भएको छ ।

काठमाडौं महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।
अहिले उनीहरुले सडकमा गाडी तेर्साएर प्रदर्शन गरिरहेका छन् । आन्दोलित मजदुरहरूले प्रहरीको गाडी समेत तोडफोड गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने